प्रदेश ३ सरकारको सहयोगमा म्हैपीमा सीसी क्यामरा जडान « Khabarhub

प्रदेश ३ सरकारको सहयोगमा म्हैपीमा सीसी क्यामरा जडान


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षा प्रत्याभूति दिलाउन प्रदेश–३ सरकारको सहयोगमा काठमाडौंको म्हैपीमा सीसी क्यामेरा जडान गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१६ म्हैपीमा सीसी क्यामरा जडान तथा नवनिर्मित शौचालयको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार बटन थिचेर उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौर, काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाल लगायतको उपस्थिति थियो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले प्रविधिको विकास, अपराध न्यूनीकरण र नगरपालिकाको सुरक्षा प्रत्याभूति दिलाउन सिसि क्यामेरा अति नै आवश्यक रहेको औल्याए ।

उनले म्हैपी र ठमेल क्षेत्र रातको समयमा पनि अति नै व्यस्त हुने भएकाले सीसी क्यामेरा शान्ति, सुरक्षा कायम गर्न अत्यन्त सहयोगी हुने बताए । उनले सिसि क्यामेरा जडान गरिएकोप्रति प्रदेश–३ सरकारलाई धन्यवाद पनि दिए ।

प्रदेश– ३ सरकारको सहयोगमा जडान गरिएको सिसी क्यामरा निरीक्षण गर्नका लागि महानगरीय प्रहरी वृत्त लैनचौरसँग सम्झौता गर्दै प्रदेशसभा सदस्य मानन्धर र प्रहरी नायव उपरीक्षक राठौरले सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको