प्रदेश ३ सरकारको सहयोगमा म्हैपीमा सीसी क्यामरा जडान « Khabarhub

प्रदेश ३ सरकारको सहयोगमा म्हैपीमा सीसी क्यामरा जडान


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षा प्रत्याभूति दिलाउन प्रदेश–३ सरकारको सहयोगमा काठमाडौंको म्हैपीमा सीसी क्यामेरा जडान गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१६ म्हैपीमा सीसी क्यामरा जडान तथा नवनिर्मित शौचालयको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार बटन थिचेर उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौर, काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाल लगायतको उपस्थिति थियो ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले प्रविधिको विकास, अपराध न्यूनीकरण र नगरपालिकाको सुरक्षा प्रत्याभूति दिलाउन सिसि क्यामेरा अति नै आवश्यक रहेको औल्याए ।

उनले म्हैपी र ठमेल क्षेत्र रातको समयमा पनि अति नै व्यस्त हुने भएकाले सीसी क्यामेरा शान्ति, सुरक्षा कायम गर्न अत्यन्त सहयोगी हुने बताए । उनले सिसि क्यामेरा जडान गरिएकोप्रति प्रदेश–३ सरकारलाई धन्यवाद पनि दिए ।

प्रदेश– ३ सरकारको सहयोगमा जडान गरिएको सिसी क्यामरा निरीक्षण गर्नका लागि महानगरीय प्रहरी वृत्त लैनचौरसँग सम्झौता गर्दै प्रदेशसभा सदस्य मानन्धर र प्रहरी नायव उपरीक्षक राठौरले सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २९ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने