म्यानमारमा पहिरो जाँदा १७ जनाको मृत्यु « Khabarhub

म्यानमारमा पहिरो जाँदा १७ जनाको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– म्यानमारमा भारी वर्षासँगै पहिरो जाँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

दक्षिणी म्यानमारको मोन राज्यमा गएको पहिरोमा अरु दर्जनौं घाइते भएका छन् । घटनामा अन्य कैयौं हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

मोन राज्यको थाफ्यू कोने गाउँमा गएको पहिरोमा ५ महिला तथा ५ पुरुषको मृत्यु भएको पुष्टि भएपनि बाँकीको पहिचान हुन नसकेको बताइएको छ ।

हराइरहेकाहरुको खोजी कार्यका लागि ठूलो सङ्ख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

त्यस्तै, घाइते हुनेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : ३८ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र