बागलुङमा मङ्सिरमा हुने उपनिर्वाचनको तयारी « Khabarhub

बागलुङमा मङ्सिरमा हुने उपनिर्वाचनको तयारी


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ ।

बागलुङमा मृत्यु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका– २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले बताए ।

प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ मा गत निर्वाचनमा ३३ हजार २४० मतदाता सहभागी थिए । यस पटक ३६ हजार ५०० मतदाताको नामावली सङ्कलन भएको छ । वडातर्फ बडीगाढ गाउँपालिका–२ मा गत निर्वाचनमा एक हजार ७७० मतदाता थिए । यस पटक एक हजार ८०२ जनाको मतदाता नामावली सङ्कलन भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

“अहिले प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि दुई ठाउँमा निर्वाचन गराउँनुपर्ने भएको छ”, पौडेलले भने“रिक्त रहेको प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र नं–२ को ‘ख’ र एक वडा अध्यक्षमा निर्वाचन गर्ने तयारी थालिएको हो ।” पौडेलका अनुसार अहिले तथ्याङ्क प्रशोधनकै क्रममा रहेकाले मतदाता सङ्ख्यामा केही तलमाथि हुनसक्ने छ ।

प्रदेशसभा सदस्यअन्र्तगत क्षेत्र नं–२ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका–२ मा चार गरी ४६ मतदानस्थल रहेको पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ । प्रदेश सभा सदस्य क्षेत्री राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुषाल तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जित्नुभएको हो । जण्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गतवर्ष मङ्सिर २६ मा निधन भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र