विश्वकप छनोटः नेपाललाई खेलमा फर्किने मौका « Khabarhub

विश्वकप छनोटः नेपाललाई खेलमा फर्किने मौका


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को संयुक्त छनोट खेल अन्तरगतको दोस्रो खेल नेपालले आज आफ्नो दोस्रो ‘अवे’ खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।

ताइवानको ताइपेइ रंगशालामा हुने खेल नेपालीसमय अनुसार दिउँसो ४ बजेर ५५ मिनेटमा शुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोलीका लागि खेलमा फर्किने अवसरका रुपमा ताइपेइसँगको खेललाई लिइएको छ ।

पहिलो खेलका कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको नेपाल ताइपेइविरुद्ध अंक खोस्ने लक्ष्यमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका मुय प्रशिक्षक योहान कालिनले पहिलो खेल गुमाए पनि दोस्रो खेलबाट लयमा फर्किने सम्भावना रहेको बताए ।

‘हामी पहिलो खेलमा पराजित भयौं। तर, हामी लयमा फर्किन चहान्छौं । हामी कहाँ चुक्यौं पत्ता लगाएका छौं,’ प्रशिक्षक कालिनले भने,‘हामी आफ्नो खेलमा फर्किने छौं जुन गल्ती कुवेतविरुद्ध भयो त्यो दोहोरिने छैन् ।’

प्रशिक्षक कालिनले ताइपेइ बलियो टोली रहेकाले यसलाई कमजोर भन्न नमिल्ने बताएका छन् । विपक्षी टोली ताइवानका प्रशिक्षकले आफ्नो टिमले शत प्रतिशत दिएर खेल्ने बताएका छन् । पहिलो खेलमा पराजित भएको ताइवानका लागि पनि नेपालसँगको खेलमा राम्रो खेल्नुको विकल्प नरहेको प्रशिक्षक लुइस लानकास्टरले बताए ।

 

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ६ : ०१ बजे

काठमाडौंको तापक्रम घट्यो

काठमाडौं– काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ ।

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको

प्रहरीलाई  स्थानीय भाषाको ज्ञान नहुँदा समस्या

मुस्ताङ– यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाई कार्यालय

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार

चौतारा– सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट