डेढ महिनामा ६८२ चालकलाई कारबाही | Khabarhub Khabarhub

डेढ महिनामा ६८२ चालकलाई कारबाही


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ ।
आव २०७६/०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप/कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् ।

ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

साउनमा ४०० सवारीसाधनबाट रु दुई लाख ३५ हजार ५००, भदौको १५ गतेसम्म २८२ सवारीबाट रु एक लाख ७५ हजार ५०० राजश्व सङ्कलन गरिएको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताए ।

गत आवभन्दा राजश्व सङ्कलनमा वृद्धि भएको उनले बताए । गत वर्षको तुलनामा यो आवमा डेढ महिनाको अवधिमा रु चार लाखसम्म बढी राजश्व सङ्कलन भएको खत्रीले बताए । पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना हुने क्रम बढिरहेका छन् । चालकको लापरवाहीले दुर्घटना बढेका उनको भनाइ छ ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी बढी कारवाहीमा परेका जनाइएको छ । नियम विपरीत चलाइएका सवारीलाई घटनाको प्रकृति हेरेर रु ५०० देखि रु एक हजारसमम जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ । साउन र भदौमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : १६ बजे

काठमाडौंले जित्यो बागमती प्रदेश लिग फुटबलको उपाधि

मकवानपुर – बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको

कफीखेतीमा आकर्षित हुँदै मदानेका कृषक

गुल्मी – पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर

गाजामा इजरायली आक्रमण, १९ जनाको मृत्यु

एजेन्सी– गाजाका उद्धारकर्ताहरूले शनिबार प्यालेस्टिनी भूमिमा इजरायली आक्रमणमा आठ बालबालिकासहित

भीम रावलको पोजिसन : बायाँ कि दायाँ ?

काठमाडौं– नेकपा एमालेका निवर्तमान नेता भीमबहादुर रावल उमेरले ६८ वर्ष

आजका समाचार : भीम रावलको मातृभूमि जागरण अभियान सुरु, देशको नेतृत्व गर्ने विप्लवको चाहना र सुडानमा खाद्य संकट 

पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्रीप्रधानमन्त्री केपी