शरीरको दुखाई कम गर्ने यी हुन् पाँच घरेलु उपाय « Khabarhub

शरीरको दुखाई कम गर्ने यी हुन् पाँच घरेलु उपाय


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

शरीर दुख्नु हरेक ब्यक्तिका लागी पीडादायी क्षण हुन्छ । कतिपयले शरीरको दुखाई बढ्दा पनि चिकित्सकको सल्लाहविना नै औषधि किनेर सेवन गर्ने गर्दछन् ।

शरीरका विभिन्न भागको दुखाई कम गर्ने अलग अलग औषधि हुने गर्दछ । जस्तै टाउको दुख्दा खाने औषधि र हाडजोर्नी दुख्दा खाने औषधि नै फरक हुन्छ । यसरी शरीरका दुखाई कम गर्न खाइने औषधिले दुखाइ कम गरे पनि स्वास्थ्यलाई असर पु¥याइरहेको हुन्छ ।

दुखाई कम गर्ने औषधिको सट्टा घरमा सजिलै पाइने खानेकुरा वा घरेलु उपायबाट समेत दुखाईमा नियन्त्रण गर्न सकिन्छ । केही टिप्स यस्ता छन्, जसले घरेलु उपायबाटै दुखेको शरीर ठिक पार्न सकिन्छ ।

१. लसून

प्रायः नेपालीको घरमा सजिलै पाइने लसुनले तपाईको शरीरको दुखाईलाई कम गर्न सक्छ । तेलमा लसूनलाई भुटेर हातगोडा वा दुखेको हाडजोर्नीमा लगाउँदा यसले दुखाईलाई कम गर्दछ । छालामा आएको खटिरामा समेत मसिनो हुने गरी पिसिएको लसून लगाइयो भने यसले दुखाई कम हुन्छ । लसुनलाई प्राचिनकालबाटै औषधिका रुपमा प्रयोग गरीन्छ ।

२. अदुवा

अदुवालाई आयुर्वेद विज्ञानमा निकै प्राथमिकता दिइएको पाइन्छ । पोलेको अदुवा खाएमा घाँटी दुखेको निको हुन्छ भने शरीरमा चोट लागेको भागमा अदुवा दले वा पिसेर यसको लेप लगाउँदा राहत महशुस हुन्छ । साथै खानामा दैनिक अदुवाको प्रयोग गरेमा मांशपेसी, जोर्नी तथा छातिको दुखाईमा समेत नियन्त्रण पाउन सकिन्छ । ठोक्किएर सुन्निएको वा दुखेको ठाउँमा अदुवा लगाएमा यसले समेत दुखाई कम गर्छ ।

३. जौं

जौलाई शुद्ध तथा पवित्र अन्न मानिन्छ । जौमा हुने म्याग्नेसियम महिनावारीको समयमा हुने महिलाको तल्लो पेटको दुखाईलाई राहत दिन्छ । साथै जौको सेवन गर्नाले महिनावारीमा हुने रक्तस्राव समेत नियन्त्रण गर्दछ । जौमा भएको जिङ्कले महिलालाई महिनावारीमा हुन सक्ने बाह्य संक्रमणबाट समेत बचाउँछ । साथै ग्याष्ट्रिकले हुने पेट दुखाईलाई समेत बिस्तारै कम गर्छ ।

४. अंगुर

अंगुरको खाँदा मानिसमा रोगप्रतिरोधात्मक क्षमतामा विकास हुनुका साथै ढाड दुख्ने समस्याबाट समेत राहत मिल्दछ । अंगुरमा भएको पोषक तत्वले मेरुदण्ड र ढाडमा सहज रुपमा रक्तसञ्चार गराउँछ । साथै अंगुरमा भएको पौष्टिक तत्वले ढाडको दुखाइका साथै जोर्नी तथा मासंपेशीको दुखाईलाई समेत कम गराउँछ ।

५. चेरी

साधारण मानिने फल चेरी मानिसको दुखाईका लागी बहुउपयोगि मानिन्छ । यसले हाम्रो मांसपेशी तथा तन्तुलाई मजबुत बनाउनुका साथै मर्मत समेत गर्दछ । भारी बोक्दा वा मासंपेशीमा बल पर्ने काम गर्दा भएको शरीरको दुखाईमा चेरी खानु निकै उपयोगी हुन्छ । चेरीको जुस बनाएर पिउनु शरीरको दुखाईमा नियन्त्रण पाउने सबैभन्दा उत्तम उपाय हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : ४४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी