कैलालीमा नेकपा नेताको गाडीमा आगजनी « Khabarhub

कैलालीमा नेकपा नेताको गाडीमा आगजनी


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको गाडीमा आगजनी भएको छ ।

नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरस्थित घरमा राखिएको बा ९ च ६५१७ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको हो ।

इलाका प्रहरी कार्यालय सुखडले सोमबार राति जोशीको गाडीमा आगजनी भएको जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाउने व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।

छिमेकीहरुले गाडीमा आगो लागेको देखेपछि घरका व्यक्तिलाई खबर गरेका थिए । छिमेकीसहित घरका व्यक्ति मिलेर राति नै गाडीमा लागेको आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

नेता जोशी तत्कालीन नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य (केन्द्रीय सदस्य) थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि गठन भएको नेकपामा भने उनी जिम्मेवारीविहनी जस्तै रहेका नेकपाको कैलाली जिल्ला कमिटीका एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ५५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक