आफैंले काम गर्ने घरमा लाखौंको चोरी, सीसी क्यामेराबाट खुल्यो सङ्गीताको पोल | Khabarhub Khabarhub

आफैंले काम गर्ने घरमा लाखौंको चोरी, सीसी क्यामेराबाट खुल्यो सङ्गीताको पोल


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–२ स्थित डाक्टरको घरमा पटक–पटक चोरी गर्ने ३२ वर्षीया सङ्गीता दर्नाललाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

डा रुपक घिमिरेले घरमा पटक–पटक नगद, बहुमूल्य धातु तथा सामान हराउने गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । उजुरीपश्चात् प्रहरीले घरमा जडान गरेको सिसी क्यामेराको सहायताबाट दर्नाल चोरीमा संलग्न भएको पुष्टि भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

गिरीका अनुसार दर्नाल डा घिमिरेको घरमा लामो समयदेखि सहयोगीका रुपमा काम गर्दै आएकी थिइन् । घरमा कोही नभएको मौका छोपेर महिलाले घरको सेफमा राखेको सुनका गहना, विदेशी मुद्रा तथा नगद गरी ५ लाख मूल्य बराबरको सामान चोरी गर्दै सुन पसल र मनि एक्सचेन्जमा गएर अवैधरुपमा सटही गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैधरुपमा सटही गर्ने करुण सुनचाँदी पसल सञ्चालक राजन सुनुवार र न्यू नेपाल मनि एक्सचेन्जका सञ्चालक उत्तम भट्टराईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनीहरुलाई मंगलबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान थाल्ने निरीक्षक गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ११ : ३८ बजे

साढे पाँच दशकदेखि हलचोक आकाश भैरवको मुकुट रंगाइरहेका तेजबहादुर

काठमाडौं– तेजबहादुर चित्रकार अहिले ८७ वर्षका भए । उनले विगत

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त

काठमाडौं– नेपाली कांग्रेस लुम्बिनीले प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेललाई पदमुक्त

छलफलबाट सरकारले उखु किसानका माग सम्बोधन गर्नुपर्छ : गगन थापा

महेन्द्रनगर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानका माग सम्बोधन

अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन महासङ्घको आग्रह

काठमाडौं– नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम

तलबभत्ता लिने सांसदविरुद्ध इन्डोनेशियामा प्रदर्शन

एजेन्सी – सांसद्‌हरूले आफ्नो तलबभत्ता बढाउन खोजेको भन्दै इन्डोनेशियाको संसद्‌