चिनियाँ विदेशमन्त्रीलाई देउवाको जिज्ञासा– राष्ट्रपति सी कहिले आउनुहुन्छ ? « Khabarhub

चिनियाँ विदेशमन्त्रीलाई देउवाको जिज्ञासा– राष्ट्रपति सी कहिले आउनुहुन्छ ?


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवा र यीबीच काठमाडौंको नक्सालस्थित मेरियट होटेलमा भेटवार्ता भएको हो ।

विदेशमन्त्री यीसँगको भेटका क्रममा सभापति देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे जिज्ञासा राखेका थिए ।

चिनियाँ विदेशमन्त्री यीसँगको भेटमा देउवाले नेपाली जनता चिनियाँ विदेशमन्त्री सीको स्वागत गर्न ब्यग्र प्रतिक्षामा रहेको बताएका थिए ।

‘सभापति देउवाले चिनियाँ राष्ट्रपति नेपाल कहिले आउनुहुन्छ भनेर जिज्ञासा राख्नुभयो । नेपाल जनता चिनियाँ राष्ट्रपतिको स्वागत गर्न ब्यग्र प्रतिक्षामा रहेको सन्देश पनि दिनुभयो,’ देउवा निकट स्रोतले भन्यो, ‘ ‘विदेशमन्त्री यीले उपयुक्त समयमा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने जवाफ दिनुभयो ।’

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीले कांग्रेस सभापति देउवासँगै सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए ।

चिनियाँ विदेशमन्त्रीबीचको भेटपछि प्रतिक्रिया दिँदै नेकपा अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा पनि नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

नेपालको ३ दिने औपचारिक भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गरेका थिए । यी सोमबार नै नेपाल र चीनबीचको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १२ : २८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर