पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो « Khabarhub

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्धनको मूल्य घटेको छ । आज (मंगलबार) १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घटेको हो ।

नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो ।

घटेको मूल्यसँगै अब पेट्रोलको प्रतिलिटर १०७ र डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर ९५ मा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

निगमले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

यसैबीच मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको आजै उद्घाटन हुँदैछ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नेछन्।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १२ : ३१ बजे

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी