अबको २ वर्षपछि ‘अत्याधुनिक’ भवनमा हुनेछ काठमाडौं प्रहरी ! | Khabarhub Khabarhub

अबको २ वर्षपछि ‘अत्याधुनिक’ भवनमा हुनेछ काठमाडौं प्रहरी !


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरिएको छ ।

मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकूमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाडौ र भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवनको सिलन्यास गरेका हुन् ।

२०७२ सालको महाभुकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको भवन भत्काएपछि संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापन गर्ने प्रहरी निकाय त्रिपालमा बसेर सेवा प्रदान गर्दै आएको थियो ।

महानगरीय अपराध महाशाखाको अब बन्ने भवनको डिजाइन

अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । तीनवटै स्थानमा भवन निर्माणको शिलन्यास पछि नेपाल पुलिस क्लवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी अक्षरसः पालना गर्न मातहतलाई निर्देशन दिए ।

प्रहरीको कामकारवाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधै सचेत र सजग हुनुपर्नेमा महानिरीक्षक खनालले जोड दिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक इन्जिनियर लोकेश चन्द्र सिंहले तीनवटै भवनहरु अत्याधुनिक सुविधासम्पन्न बनाइने बताए । तीनवटै भवनको निर्माण कार्य आगामी २ वर्षमा सम्पन्न हुने जनाइएको छ ।

नेपाल पुलिस क्लब (भृकुटीमण्डप)मा बन्ने बहुउद्देश्यीय भवनको डिजाइन्

टेकूमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार स्क्वायरफिटको हुने छ भने भद्रकालिमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमण्डौको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार स्क्वायर फिटको हुने प्रहरी नायव महानिरीक्षक सिंहले जानकारी दिए ।

त्यसैगरी नेपाल पुलिसको बहुउद्देश्यीय भवन ७ सय ५० जनाको क्षमताको हल सहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन् । सबै भवनहरु भुकम्पप्रतिरोधी हुनुको साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाइने जनाइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ४० बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ