विराटनगरमा १२ जनामा भेटियो डेंगु सङ्क्रमण | Khabarhub Khabarhub

विराटनगरमा १२ जनामा भेटियो डेंगु सङ्क्रमण


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगरमा १२ जनामा डेंगु रोगको सङक्रमण भेटिएको छ । सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा सङ्ज्ञा ज्ञावलीले बताए । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् ।

डेंगुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । डेंगु रोगको सङक्रमणविरुद्ध जनचेतना जगाउँदै डेंगुको सङक्रमण हुने स्थानको पहिचान गरी डेंगु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ ।

डेंगु ज्वरोको नियन्त्रणका लागि घरको सरसफाइ, घरवरिपरि पानी जम्न नदिने, खाल्डो पुरेर राख्ने, पानी जथाभावी जमाएर नराख्ने, बोतल वा फूलदानीमा पानी नराख्ने, घर अगाडि बाटोमा भएका टायर र ड्रमहरुमा पानी जम्न नदिने र आफूले थाहा पाएको सरसफाइसम्बन्धी जानकारी छिमेकीलाई दिएमा यसको नियन्त्रणमा सहयोग पुग्ने सुझाव डा ज्ञावलीको छ ।

अस्पतालमा आजसम्म डेंगु पहिचान गर्ने किटको भने अभाव नरहेको उनले जानकारी दिए । डेंगु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर पूरा छोपिने, कपडा लगाएर हिँड्ने, सुत्केरी, बच्चा र सबैले झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएका छन् ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नीहरु दुख्नु, आँखाका गेडीहरु दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेंगुको सङ्क्रमण भएको भन्ने बुझनुपर्ने र यस्ता खाल्को लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : ३९ बजे

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा