महानिरीक्षक खनालले भने : नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न दिन्नौं « Khabarhub

महानिरीक्षक खनालले भने : नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न दिन्नौं


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधीहरुले नराख्दा हुने चेतावनी पनि दिए ।

उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधीहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतमा कारवाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

मंगलबार नेपाल पुलिस क्लब परिसरमा निर्मित एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी पनि गरे ।

प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाईन्छ भन्ने गलत सोच नराख्न पनि आग्रह गरे । उनले साईबर क्राईम नियन्त्रणको कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि स्मरण गराए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : ५२ बजे

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी