यु-१९ एसिया कप क्रिकेटमा नेपालको सान्त्वना जीत « Khabarhub

यु-१९ एसिया कप क्रिकेटमा नेपालको सान्त्वना जीत


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको युएईविरुद्धको अन्तिम खेलमा नेपालले जीत निकालेको छ ।

मंगलबार भएको खेलमा युएईलाई १ सय ६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित हात पारेको हो । एफटिजेट स्पोट्र्स कम्प्लेक्समा नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो ।

नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले सर्वाधिक २८ रन जोडे । यस्तै अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिए । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाए । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन बनाए । कुशल मल्लले २२ रन जोडे । युएईका आकाश ताहिर र सन्चित शर्माले ३–३ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । तीनै खेल गुमाएको युएई पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएको छ । नेपाली टोली भोलि विहान फर्किने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ४८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण