फोहोर व्यवस्थापनमा सरकार गम्भिर नभएको विकास समिति निष्कर्ष « Khabarhub

फोहोर व्यवस्थापनमा सरकार गम्भिर नभएको विकास समिति निष्कर्ष


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो ।

समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोर उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताइन् ।

फोहोर व्यवस्थापनका सम्बन्धमा सिस्डोल र बञ्चरेडाँडाका सरोकारवाला सबै निकायसँग विस्तृतमा छलफल गर्ने समितिको योजना छ ।

समितिले सो ठाउँका जनताको जग्गाको उचित मुआब्जा नदिने, फोहोरको पहिरोबाट बाटो अवरोध हुँदा स्थानीय मारमा पर्नुपर्ने, फोहोरका कारण स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेगरी सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।

नुवाकोटकी सांसद विन्दा पाण्डेले सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सो समस्याको दीर्घकालीन समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले स्थानीयबासीको माग सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न आफूले समेत सरकारको पटकपटक ध्यानाकर्षण गराएको पनि स्मरण गरिन् ।

काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिस्डोलमा फोहोरको पहिरोबाट त्यहाँको सडक समेत अवरुद्ध भएपछि स्थानीयबासी झनै मारमा परेका छन् । विकास समितिले स्थलगत अवलोकन गरी स्थानीयबासीको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराउन सो क्षेत्रको स्थलगत अवलोकनको कामलाई पुनः सुरु गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ४५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर