फोहोर व्यवस्थापनमा सरकार गम्भिर नभएको विकास समिति निष्कर्ष | Khabarhub Khabarhub

फोहोर व्यवस्थापनमा सरकार गम्भिर नभएको विकास समिति निष्कर्ष


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो ।

समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोर उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताइन् ।

फोहोर व्यवस्थापनका सम्बन्धमा सिस्डोल र बञ्चरेडाँडाका सरोकारवाला सबै निकायसँग विस्तृतमा छलफल गर्ने समितिको योजना छ ।

समितिले सो ठाउँका जनताको जग्गाको उचित मुआब्जा नदिने, फोहोरको पहिरोबाट बाटो अवरोध हुँदा स्थानीय मारमा पर्नुपर्ने, फोहोरका कारण स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेगरी सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।

नुवाकोटकी सांसद विन्दा पाण्डेले सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सो समस्याको दीर्घकालीन समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले स्थानीयबासीको माग सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न आफूले समेत सरकारको पटकपटक ध्यानाकर्षण गराएको पनि स्मरण गरिन् ।

काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिस्डोलमा फोहोरको पहिरोबाट त्यहाँको सडक समेत अवरुद्ध भएपछि स्थानीयबासी झनै मारमा परेका छन् । विकास समितिले स्थलगत अवलोकन गरी स्थानीयबासीको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराउन सो क्षेत्रको स्थलगत अवलोकनको कामलाई पुनः सुरु गरेको हो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ४५ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ