वृक्षारोपण गरेर नेविसंघले मनायो बीपी जयन्ती « Khabarhub

वृक्षारोपण गरेर नेविसंघले मनायो बीपी जयन्ती


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघको नेपाली कांग्रेसका नेता बीपी कोइरालाको १०६ औँ जन्मजयन्ती वृक्षारोपण गरेर मनाएको छ । नेविसंघले मंगलबार बीपीको जन्मजयन्तीको अवसर पारेर त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघले करिब तीन सय विरुवा रोपेको थियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेका थिए ।

नेता साउदले बीपीको बाटोमा हिडेँ मात्रै देश समृद्ध र सुखी हुनेमा जोड दिए । कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनका नेताहरुको पनि उपस्थिति थियो ।

बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बीपी कोइराला दूरदर्शी नेता भएको उल्लेख गर्दै कोइरालाको समाजावादको खुलेरै प्रसंशा गरे ।

अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र, अखिल वैद्य महासचिव पेशल दाहाललगायतका विद्यार्थी नेताका साथै नेविसंघका नेता, कार्यकर्ताको कार्यक्रममा उपस्थिति थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : १६ बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू