कक्षाकोठाको पर्खाल भत्किएपछि विद्यार्थीको भागदौड « Khabarhub

कक्षाकोठाको पर्खाल भत्किएपछि विद्यार्थीको भागदौड


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ ।

मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो । दिउँसो अचानक कक्षा ६ को कोठाको पर्खाल भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागदौड मच्चिएको थियो ।

पर्खाल भत्किए पनि विद्यार्थी कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताए । विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ ।

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : ५६ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप