सर्वोच्चको आदेशसँगै पत्रकार हमाल रिहा | Khabarhub Khabarhub

सर्वोच्चको आदेशसँगै पत्रकार हमाल रिहा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा पत्रकार ओम हमाल सर्वोच्चको आदेशमा रिहा भएका छन्।

सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल रिहा भएका हुन्। बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।

पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो।

अघिल्लो पटक राज्य विरूद्वको कसुरको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यवहारसम्बन्धी मुद्दा लगाएर थुनामा राखेको थियो।

रिहा भएका पत्रकार हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गरेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ९ : १४ बजे

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध