सिरियामा हवाई हमलाको केही घण्टामै स्थल आक्रमण शुरु « Khabarhub

सिरियामा हवाई हमलाको केही घण्टामै स्थल आक्रमण शुरु


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही तीव्र पारिएको छ । उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण शुरु गरेको छ।

टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो।

अन्तर्राष्ट्रिय क्षेत्रबाट निन्दा

अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई बेठीक भन्दै आलोचना गरेका छन्।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ। अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ।

बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो।

रस अल-ऐन र तल अब्याद नगरका बासिन्दा त्यहाँबाट भागिरहेका छन्।

बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ। सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो।

टर्कीले सैन्य निशानामा मात्र आक्रमण गरेको बताएको छ। तर एक पर्यवेक्षक समूहले भने कम्तीमा १० जना गैरसैनिक मारिएको बताएको छ।

टर्कीको हमलाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन्। फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन्।

ब्रिटिश विदेशमन्त्रीले हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। हमलाले सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टने जोखिम भएको उनले बताएका छन्।

यसबीच लामो समयदेखि राष्ट्रपति ट्रम्पका कट्टर समर्थक रहँदै आएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले यस मामिलामा उनको आलोचना गरेका छन्।

अब कुर्दले के गर्लान्?

अमेरिकाको साथ मिलेर त्यहाँ सिरियाली सरकार एवं इस्लामिक स्टेट आइएसविरुद्ध लडेको सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफको मुख्य हिस्सा कुर्द फौजले टर्कीको आक्रमणको प्रतिकार गर्ने बताएका छन्।

उनीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा कुर्दहरूले सञ्चालन गरेका बन्दीगृहहरूमा हजारौँ आइएस लडाकू एवं तिनका परिवार कैद छन्।

स्थल आक्रमण भएको खण्डमा कुर्द फौजले ती बन्दीलाई सुरक्षित कैदमा राखिरहने छन् वा छाडेर जाने छन् भन्ने प्रस्ट छैन। बीबीसीबाट

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ५ : ४८ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार