टी-२० सिरिजः आज आयोजक ओमानसँग खेल्दै नेपाल « Khabarhub

टी-२० सिरिजः आज आयोजक ओमानसँग खेल्दै नेपाल


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरिजको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्ने भएको छ ।

ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजेबाट शुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमानविरुद्ध नेपालले जित हासिल गर्नु त्यति सहज छैन । तर पनि नेपाल ओमानविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।

ओमानले अहिलेसम्म तीन खेलमा तीनैमा जित निकालेको छ । ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्डविरुद्ध जित हासिल गरेको हो ।

नेपालले खेलेका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल आयरल्याण्डविरुद्ध १३ रनले पराजित भएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ६ : १७ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको