प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्ने « Khabarhub

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्ने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।

२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालले उठाउन पर्ने एजेण्डाका विषयमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउने कार्यक्रम तय भएपछि सरकारले सीको भ्रमणमा राख्नुपर्ने प्राथमिकता, नेपाल सरकार र चीन सरकारबीच हुने सहमति, नेपाल चीन सम्बन्ध विस्तारमा नेपालले खेल्ने भूमिका लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सीको स्वागतका लागि सरकारले भव्य तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमण गर्दैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : १३ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि