प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्ने « Khabarhub

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल गर्ने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।

२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालले उठाउन पर्ने एजेण्डाका विषयमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउने कार्यक्रम तय भएपछि सरकारले सीको भ्रमणमा राख्नुपर्ने प्राथमिकता, नेपाल सरकार र चीन सरकारबीच हुने सहमति, नेपाल चीन सम्बन्ध विस्तारमा नेपालले खेल्ने भूमिका लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सीको स्वागतका लागि सरकारले भव्य तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमण गर्दैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : १३ बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले