कतार सरकारका निर्णयले नेपाली कामदारलाई फाइदा « Khabarhub

कतार सरकारका निर्णयले नेपाली कामदारलाई फाइदा


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार सरकारले आप्रवासी कामदारका पक्षमा गरेको निर्णयले नेपाली कामदारलाई फाइदा पुग्ने भएको छ।

कतार सरकारले आप्रबासी कामदारका लागि मुख्य तीन निर्णय गरेको छ । तीन निर्णय कतारमा कार्यरत नेपालीको पक्षमा छन् ।

कतार सरकारले एक पत्रकार सम्मेलन गर्दै सन्तानले स्पोन्सर परिवर्तन गर्न नपर्ने, अस्थायी कामदार ल्याउन पाउने तथा अनलाइन सेवामा २० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी गराएको हो ।

यो निर्णय चाँडै कार्यान्वयनमा आउने पनि कतार सरकारले जनाएको छ । सरकारले धेरै अध्ययन अनुसन्धान पश्चात यी निर्णय लिएको र यस निर्णयले आप्रवासी कामदार मात्र नभई कतारका नागरिक समेत लाभान्वित हुने बिश्वास गरेको छ।

लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार आप्रवासी कामदारका सन्तानले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने भएको छ। उनीहरुले आफ्नो परिवार स्पोन्सर रहुन्जेल स्पोन्सर परिवर्तन नगरी निजि क्षेत्रमा काम गर्न पाउनेछन। यसअघि छोरीको लागि मात्र स्पोन्सर परिवर्तन गर्नुनपर्ने व्यवस्था थियो। यो व्यवस्थाले कतारको श्रम बजारलाई थप सकारात्मक बनाउने कतार सरकारको अपेक्षा छ।

त्यस्तै कतारका कम्पनीले अस्थायी कामदार ल्याउन पाउने भएका छन। निर्णय कार्यन्वयनमा आएपश्चात कम्पनीले ६ महिनासम्मको लागि अस्थायी कामदार ल्याउन पाउनेछन।

अस्थायी कामदारको भीसा एक महिनाको लागि छ भने उसले कतारी रियाल ३०० शुल्क तिर्नुपर्ने छ। त्यस्तै २ महिनाको लागि ५०० तथा ३ देखि ६ महिनाको लागि २०० कतारी रियाल शुल्क कायम गरिएको छ।

कतारी नगारिक सहित आप्रवासीलाई समेत विद्युतीय भुक्तानीमा प्रोत्साहन गर्नको लागि कतार सरकारले आप्रवासीको लागि समेत अनलाइन भुक्तानी गर्दा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ४१ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को