चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ « Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएका ब्यानर च्यात्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौंको बिजुलीबजार (धोबीखोला पुल) र तीनकुने क्षेत्रमा लगाइएका फ्लेक्स ब्यानर च्यात्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजकुमार ठाकुर र गोपाल सार्की छन् । उनीहरुले मंगलबार राति ब्यानर च्यातेका थिए ।

तर, उनीहरुले किन ब्यानर च्याते भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १० : २० बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने