टाइगर र ऋतिक स्टारर ‘वार’ ले मच्चायो बक्स अफिसमा धमाका, बनायो रेकर्ड | Khabarhub Khabarhub

टाइगर र ऋतिक स्टारर ‘वार’ ले मच्चायो बक्स अफिसमा धमाका, बनायो रेकर्ड


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड फिल्म ‘वार’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । यो फिल्म रिलिजको ८ दिनमा २ सय करोड क्लबमा इन्ट्री गरेको छ । फिल्मको आक्रामक व्यापार अझै पनि जारी छ ।

भारतका सिनेमा घरमा फिल्मले कमालको व्यापार गरेको छ । फिल्मले नेपालमा पनि उस्तै उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्मले ७ दिनमा २ सय करोड व्यापार गरेर सलमान खान, आमिर खान र अक्षय कुमार जस्ता स्टारको फिल्म पनि पछाडि पारेको छ ।

बक्स अफिस इन्डियाको वेबसाइटअनुसार फिल्मको हिन्दी भर्सनले मात्र ९ अक्टोबरमा ११ करोडको कमाइ गरेको छ । यो फिल्मले हिन्दी भाषामा मात्र २ सय १९ करोडको व्यापार गरेको छ ।

यो फिल्म सन् २०१९ मा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले पहिलो दिन मात्र ५१ करोड ६० लाख रुपैयाँ कमाइ गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : २३ बजे

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला

बनेपामा सकेट बम भेटियो, सुरक्षा सतर्कता बढाइयो

काभ्रे – काभ्रेपको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा बुधबार साँझ सकेट

जंगीअड्‍डाको गेटमा जेन-जीलाई माइकिङ : यसरी झगडा नगर्नु, ‘ग्रुप लिडर’को नाम ट्याक्क लेखेर हामीलाई दिने

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेले दुईतिहाइको सरकारलाई सदुपयोग गर्न

काठमाडौं उपत्यकामा २७ गते बिहानसम्म कर्फ्यु आदेश जारी

काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकाको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

काठमाडौं – आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय