टाइगर र ऋतिक स्टारर ‘वार’ ले मच्चायो बक्स अफिसमा धमाका, बनायो रेकर्ड « Khabarhub

टाइगर र ऋतिक स्टारर ‘वार’ ले मच्चायो बक्स अफिसमा धमाका, बनायो रेकर्ड


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड फिल्म ‘वार’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । यो फिल्म रिलिजको ८ दिनमा २ सय करोड क्लबमा इन्ट्री गरेको छ । फिल्मको आक्रामक व्यापार अझै पनि जारी छ ।

भारतका सिनेमा घरमा फिल्मले कमालको व्यापार गरेको छ । फिल्मले नेपालमा पनि उस्तै उत्साहजनक व्यापार गरेको छ ।

यो फिल्मले ७ दिनमा २ सय करोड व्यापार गरेर सलमान खान, आमिर खान र अक्षय कुमार जस्ता स्टारको फिल्म पनि पछाडि पारेको छ ।

बक्स अफिस इन्डियाको वेबसाइटअनुसार फिल्मको हिन्दी भर्सनले मात्र ९ अक्टोबरमा ११ करोडको कमाइ गरेको छ । यो फिल्मले हिन्दी भाषामा मात्र २ सय १९ करोडको व्यापार गरेको छ ।

यो फिल्म सन् २०१९ मा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले पहिलो दिन मात्र ५१ करोड ६० लाख रुपैयाँ कमाइ गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : २३ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा