दलहरू भित्र रहेका गद्दारहरुबाट जोगिनु पर्छ– नेता साह « Khabarhub

दलहरू भित्र रहेका गद्दारहरुबाट जोगिनु पर्छ– नेता साह


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले राजनीतिक दलहरू भित्र रहेका गद्दारहरुबाट सावधान हुन सचेत गराएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा सोमबार रौतहटको गरूडा नगरपालिका-पोठियाहिमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा साहले परिवर्तनबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था ढाल्न प्रतिक्रियावादीहरु सक्रिय रहेको र दलप्रति जनतामा वितृष्णा फैलाउने षड्यन्त्र गरिरहेको जिकिर गरे ।

बाहिरबाट नसकने कार्य भित्रबाट सहजै गर्न सकिनछ भने बुझाईका साथ प्रतिगामिहरू यो व्यवस्थाविरुद्ध लागिपरेका उनको भनाइ थियो । । यसभन्दा अगाडि आफै बाहिरबाट आक्रमण गर्दै आएका प्रतिक्रियावादीहरु अहिले दलभित्रै खेलन उधत रहेको उनको भनाइ थियो ।

‘प्रतिक्रियावादीहरु बाहिरबाट गर्न नसक्ने काम भित्रबाट गद्दारहरुले सहजै गर्न सक्छ । यो इतिहासले प्रमाणित गरीसकेको छ । त्यसैले आजको चुनौती भनेको प्रतिक्रियावादीको योजना निस्तेक गरन यस्ता गद्दारहरुबाट सावधान रहनु हो” साहले भने ।

दलप्रत्तिको विश्वास घटाउन लागिपरेका प्रतिगामी तत्वहरुलाई रोक्न परिवर्तन पक्षधर सदैव तयार रहनु पर्ने साहको भनाइ थियो ।

उनले भने, “हिजो राजतंत्र ढालेर बहुदल स्थापित गर्न संघर्ष गर्यौँ, प्रतिक्रियावादीहरु हामीविरुद्ध षड्यन्त्रमा उत्रिए, केही हदसम्म सफल पनी भयो।फेरी हामी भीषण संघर्ष गर्नू पर्यो । आज व्यवस्था बदलेर जब मुलुकलाई अग्रगमनतर्फ लैजान खोज्दा प्रतिक्रियावादीहरु फेरि सलबलाएका छन् । विगतमा एकतर्फी रुपमा आक्रामक रहेका उनीहरु आज बाहिरबाट मात्र नभई पार्टीहरूभित्र आफ़ना प्रतिनिधि मार्फ़त अराजकता सृष्टि गरेर दलप्रति जनतामा घृणा पैदा गर्न लागिपरेको छ । त्यसैले हामी सावधान हुन जरुरी छ।”

तस्तै प्रदेश सभा सदस्य कुन्दन कुशवाहाले प्रदेश नम्बर २ सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । नेकपा प्रदेश सदस्यसमेत रहेका कुशवाहाले प्रदेश सरकारको कुनै पनि काम पारदर्शी नभएको र बजेटको दोहन मात्र भएको भन्दै त्यसविरुद्ध खडा हुन सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : १७ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति