जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री « Khabarhub

जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्र रेखा उमेरले ६५ वर्ष पुगिसकेकी छिन् । उनको रुपको अझै पनि उत्तिकै चर्चा हुन्छ । उनले कैयन् वर्ष बलिउडमा राज गरिन् । आज पनि उनका सामुन्ने ठूला अभिनेत्री फिक्का लाग्छन् ।

पछिल्लो समय रेखाको फिल्मी जिन्दगीको भन्दा निजी जिन्दगीको नै बढी चर्चा हुन्छ । उनका बारेमा केही चाखलाख्दा कुरा यस्ता छन्ः

बुबासँग घृणा

रेखाका बुबा तमिल फिल्म उद्योगमा सुपरस्टार थिए । उनकी आमा पनि सोही उद्योगकी हिरोइन थिइन् । भन्ने गरिन्छ कि, मातापिताको बिहे हुनुपहिले नै रेखाको जन्म भएको थियो । रेखाका पिताले ४ वटा बिहे गरेका थिए तर रेखाकी आमासँग कहिल्यै बिहे गरेनन् । यतिसम्म कि, रेखालाई उनले आफ्नो रगत पनि नभएको बताउने गर्थे । त्यसैले रेखाको आफ्नो बुबाप्रति यति घृणा थियो कि, उनी बुबाको अन्तिम संस्कारमा पनि गइनन् ।

बाध्यताका कारण १२ वर्षमै बनेकी थिइन् कलाकार

कलाकार बन्नुभन्दा पहिले रेखाको जिन्दगी निकै कष्टकर थियो । रेखाकी आमाको यति ऋण थियो कि, जसकारण रेखाले छोटो उमेरमा नै काम गर्नुपर्ने बाध्यता आइप¥यो । रेखा काममा नजाँदा या काम गरेर थाकेर काम गर्न नमान्दा भाइले कुट्ने गर्थे । पैसा कमाउने धाउन्नका कारण रेखाले सी ग्रेटका फिल्ममा समेत काम गरिन् ।

रेखालाई वाक्कै बनाउँथे मान्छे

सन् १९६८ मा आएको रेखाको पहिलो फिल्म तेलुगु थियो । बलिउडमा रेखाले सन् १९७० मा फिल्म ‘सावन भादो’ मार्फत डेब्यु गरिन् । यो फिल्म सुपरहिट भो । तर, शुरुवाती दिनमा रेखालाई निकै नै कष्ट झेल्नुप–यो । यासीर उस्मानले आफ्नो पुस्तक ‘रेखाः एन अनटोल्ड स्टोरी’ मा एक फिल्मको शूटिङका बारेमा लेखेका छन् ।

किताबमा लेखिएको छ – फिल्म ‘अन्जाना सफर’ का निर्देशक राजा नवाठे र फिल्मको हिरो बिश्ववजीतले रेखालाई वाक्कै बनाएका थिए । फिल्मको दृश्य शूट गर्ने योजना बनाए । यो खबर रेखालाई बताएनन् ।

१५ वर्षकी रेखा रोमान्टिक गीत शूट गर्न सेटमा पुगिन् । जब निर्देशकले एक्सन भने, विश्ववजीत रेखाको हात समाते । त्यसपछि रेखालाई किस गर्न थाले । रेखालाई यो बारेमा कुनै जानकारी थिएन । बिश्ववजीतले ५ मिनेटसम्म रेखालाई चुम्बन गरिरहे । युनिटले चियर्स गर्न थाले । तर, रेखाका आँखाबाट आँसु आयो ।

प्रहरीको लठ्ठी पनि खाइन्

रेखा मुमताज र जितेन्द्रकी फ्यान दिइन् । जितेन्द्रको शूटिङ हेर्नका लागि उनले प्रहरीको लठ्ठी पनि खानुपरेको थियो । सन् १९७३ सम्म रेखा र विनोद मेहराको अफेअरको खबर खुबै चल्यो । उक्त अफेअर ३ वर्षसम्म चलेको थियो । त्यसपछि सन् १९७६ मा ‘दो अनजाने’ फिल्ममार्फत रेखा र अमिताभ बच्चनले एकसाथ काम गरे ।

पछि भने रेखाले मुकेश अग्रवालसँग बिहे गरेकी थिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : ५२ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा