जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री | Khabarhub Khabarhub

जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्र रेखा उमेरले ६५ वर्ष पुगिसकेकी छिन् । उनको रुपको अझै पनि उत्तिकै चर्चा हुन्छ । उनले कैयन् वर्ष बलिउडमा राज गरिन् । आज पनि उनका सामुन्ने ठूला अभिनेत्री फिक्का लाग्छन् ।

पछिल्लो समय रेखाको फिल्मी जिन्दगीको भन्दा निजी जिन्दगीको नै बढी चर्चा हुन्छ । उनका बारेमा केही चाखलाख्दा कुरा यस्ता छन्ः

बुबासँग घृणा

रेखाका बुबा तमिल फिल्म उद्योगमा सुपरस्टार थिए । उनकी आमा पनि सोही उद्योगकी हिरोइन थिइन् । भन्ने गरिन्छ कि, मातापिताको बिहे हुनुपहिले नै रेखाको जन्म भएको थियो । रेखाका पिताले ४ वटा बिहे गरेका थिए तर रेखाकी आमासँग कहिल्यै बिहे गरेनन् । यतिसम्म कि, रेखालाई उनले आफ्नो रगत पनि नभएको बताउने गर्थे । त्यसैले रेखाको आफ्नो बुबाप्रति यति घृणा थियो कि, उनी बुबाको अन्तिम संस्कारमा पनि गइनन् ।

बाध्यताका कारण १२ वर्षमै बनेकी थिइन् कलाकार

कलाकार बन्नुभन्दा पहिले रेखाको जिन्दगी निकै कष्टकर थियो । रेखाकी आमाको यति ऋण थियो कि, जसकारण रेखाले छोटो उमेरमा नै काम गर्नुपर्ने बाध्यता आइप¥यो । रेखा काममा नजाँदा या काम गरेर थाकेर काम गर्न नमान्दा भाइले कुट्ने गर्थे । पैसा कमाउने धाउन्नका कारण रेखाले सी ग्रेटका फिल्ममा समेत काम गरिन् ।

रेखालाई वाक्कै बनाउँथे मान्छे

सन् १९६८ मा आएको रेखाको पहिलो फिल्म तेलुगु थियो । बलिउडमा रेखाले सन् १९७० मा फिल्म ‘सावन भादो’ मार्फत डेब्यु गरिन् । यो फिल्म सुपरहिट भो । तर, शुरुवाती दिनमा रेखालाई निकै नै कष्ट झेल्नुप–यो । यासीर उस्मानले आफ्नो पुस्तक ‘रेखाः एन अनटोल्ड स्टोरी’ मा एक फिल्मको शूटिङका बारेमा लेखेका छन् ।

किताबमा लेखिएको छ – फिल्म ‘अन्जाना सफर’ का निर्देशक राजा नवाठे र फिल्मको हिरो बिश्ववजीतले रेखालाई वाक्कै बनाएका थिए । फिल्मको दृश्य शूट गर्ने योजना बनाए । यो खबर रेखालाई बताएनन् ।

१५ वर्षकी रेखा रोमान्टिक गीत शूट गर्न सेटमा पुगिन् । जब निर्देशकले एक्सन भने, विश्ववजीत रेखाको हात समाते । त्यसपछि रेखालाई किस गर्न थाले । रेखालाई यो बारेमा कुनै जानकारी थिएन । बिश्ववजीतले ५ मिनेटसम्म रेखालाई चुम्बन गरिरहे । युनिटले चियर्स गर्न थाले । तर, रेखाका आँखाबाट आँसु आयो ।

प्रहरीको लठ्ठी पनि खाइन्

रेखा मुमताज र जितेन्द्रकी फ्यान दिइन् । जितेन्द्रको शूटिङ हेर्नका लागि उनले प्रहरीको लठ्ठी पनि खानुपरेको थियो । सन् १९७३ सम्म रेखा र विनोद मेहराको अफेअरको खबर खुबै चल्यो । उक्त अफेअर ३ वर्षसम्म चलेको थियो । त्यसपछि सन् १९७६ मा ‘दो अनजाने’ फिल्ममार्फत रेखा र अमिताभ बच्चनले एकसाथ काम गरे ।

पछि भने रेखाले मुकेश अग्रवालसँग बिहे गरेकी थिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : ५२ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन