विश्वकप छनोट– अस्ट्रेलियासँग नेपाल ५ गोलले पराजित « Khabarhub

विश्वकप छनोट– अस्ट्रेलियासँग नेपाल ५ गोलले पराजित


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अस्ट्रेलियाको क्यानबेरामा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तरगत अस्ट्रेलियासँगको खेलमा नेपाल पराजित भएको छ ।

क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाली टोली अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भयो ।

अस्ट्रेलियाका लागि जमीइ म्याकलेरेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले खेलको ६, १९ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै, नेपालविरुद्धकै खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ह्यारी साउटरले पनि उत्कृष्ट प्रदर्शन गरे ।

उनले नेपालविरुद्ध २ गोल गरे । खेलको २४ र ५९ औं मिनेटमा गोल गरेका थिए ।

नेपाली खेलाडीले अस्ट्रेलियालाई गोल गर्नबाट रोक्न नसकेपनि गोल भने कम गोल खाँदा नेपाली खेलाडीको प्रशंसा पनि पाएका छन् ।

कप्तान तथा गोलकिपर किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गरे । उनले पटक–पटक गरेर अस्ट्रेलियाका फरवार्डका सर्टलाई बचाउ गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ४ : ३८ बजे

सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन

काठमाडौं – सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म,

एमाले महाधिवेशनः युवा खुला केन्द्रीय सदस्यमा नरेश रोकायाको उम्मेद्वारी

काठमाडौं – विद्यार्थी राजनीतिबाट उदाएका नरेश रोकायाले एमालेको ११ औं

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ