हिरोको ‘एक्स्ट्रिम १आर कन्सेप्ट’ मोटरसाइकल, यस्ता छन् विशेषता « Khabarhub

हिरोको ‘एक्स्ट्रिम १आर कन्सेप्ट’ मोटरसाइकल, यस्ता छन् विशेषता


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटरसाइकल उत्पादक कम्पनी हिरोले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल सोमा १६० सीसी कन्सेप्ट मोटरसाइकल प्रदर्शन गरेको छ ।

‘एक्स्ट्रिम १ आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको १५० सीसी ‘ एक्स्ट्रिम स्पोर्ट्सको स्थान लिने अनुमान गरिएको छ । ‘एक्स्ट्रिम १ आर कन्सेप्ट’ बलियो र आकर्षक लुक्समा छ । यसको सार्प लाइनिङ, एग्रेसिभ एलईडी हेडलाइट, मस्कुलर ट्यांक, आर ब्याज, कलर कम्बिनेसन, रेज्ड टेल सेक्सन, सिंगल पिस सीट सेटअपलगायतका विशेषताले मोटरसाइकललाई थप आकर्षक बनाएको छ ।

यस मोटरसाइकलमा दिइएको अपसाइड डाउन फर्क, इन्जिन फेयरिङ र स्लिक टायरले गर्दा ‘एक्स्ट्रिम १ आर कन्सेप्ट’प्रिमियम देखिएको छ । यो एउटा कन्सेप्ट मोटरसाइकल मात्र भएकाले उप्तादन भएर बजारमा आइपुग्दा यसमा यी सवै फिचर समावेश नहुन सक्छन् र केही नयाँ पनि थपिन सक्छन् ।

यस कन्सेप्ट मोटरसाइकलमा १६० सीसीको नयाँ एयर कुल्ड सिंगल–सिलिन्डर इन्जिन दिइएको छ । एक्स्ट्रिम १ आर १५० सीसीको सेग्मेन्टको मोटरसाइकल रुचाउने ग्राहकका लागि यो नयाँ विकल्प हुनेछ । यो मोटरसाइकल २०२० को अन्त्यसम्म बजारमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : २७ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक