हिरोको ‘एक्स्ट्रिम १आर कन्सेप्ट’ मोटरसाइकल, यस्ता छन् विशेषता « Khabarhub

हिरोको ‘एक्स्ट्रिम १आर कन्सेप्ट’ मोटरसाइकल, यस्ता छन् विशेषता


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटरसाइकल उत्पादक कम्पनी हिरोले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल सोमा १६० सीसी कन्सेप्ट मोटरसाइकल प्रदर्शन गरेको छ ।

‘एक्स्ट्रिम १ आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको १५० सीसी ‘ एक्स्ट्रिम स्पोर्ट्सको स्थान लिने अनुमान गरिएको छ । ‘एक्स्ट्रिम १ आर कन्सेप्ट’ बलियो र आकर्षक लुक्समा छ । यसको सार्प लाइनिङ, एग्रेसिभ एलईडी हेडलाइट, मस्कुलर ट्यांक, आर ब्याज, कलर कम्बिनेसन, रेज्ड टेल सेक्सन, सिंगल पिस सीट सेटअपलगायतका विशेषताले मोटरसाइकललाई थप आकर्षक बनाएको छ ।

यस मोटरसाइकलमा दिइएको अपसाइड डाउन फर्क, इन्जिन फेयरिङ र स्लिक टायरले गर्दा ‘एक्स्ट्रिम १ आर कन्सेप्ट’प्रिमियम देखिएको छ । यो एउटा कन्सेप्ट मोटरसाइकल मात्र भएकाले उप्तादन भएर बजारमा आइपुग्दा यसमा यी सवै फिचर समावेश नहुन सक्छन् र केही नयाँ पनि थपिन सक्छन् ।

यस कन्सेप्ट मोटरसाइकलमा १६० सीसीको नयाँ एयर कुल्ड सिंगल–सिलिन्डर इन्जिन दिइएको छ । एक्स्ट्रिम १ आर १५० सीसीको सेग्मेन्टको मोटरसाइकल रुचाउने ग्राहकका लागि यो नयाँ विकल्प हुनेछ । यो मोटरसाइकल २०२० को अन्त्यसम्म बजारमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : २७ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,