सीमाबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो « Khabarhub

सीमाबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले हालसालै जारी गरेको नयाँ नक्शामा नेपाली भूभाग पनि परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्रीलाई बोलाएको छ ।

समितिका सदस्यहरुले नक्साबारे प्रधानमन्त्री केपी ओलीसँग छलफलको माग गरेपछि सोमबार(भोलि) प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाइएको हो ।

त्यस्तै प्रतिनिधिसभाको अन्तर्रष्ट्रिय सम्बन्ध समितिले सोमबार नै भारतीय नक्सामा नेपाली भूमि रहेको बारे छलफल गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।
परराष्ट्र मन्त्रालयले यसअघि विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताएको थियो ।

यसअघि हिजो(शनिवार) प्रधानमन्त्री ओलीले सीमा मिचिएको विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका थिए । पूर्व प्रधानमन्त्रीहरु, पूर्व परराष्ट्रमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुसहभागी उक्त बैठकले मिचिएको भूमि फिर्ता ल्याउनका लागि नेपालले कुटनीतिक पहल गर्नुपर्ने निचोज निकालेका थिए ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी लगायतका स्थान परेको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ५० बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र