ठगीको आरोप लागेपछि सुदूरपश्चिमका मन्त्रीद्वारा पदबाट राजीनामा | Khabarhub Khabarhub

ठगीको आरोप लागेपछि सुदूरपश्चिमका मन्त्रीद्वारा पदबाट राजीनामा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजीनामा दिएका छन् ।

आइतवार रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता मानिएका रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठगीको उजुरी दिएका थिए ।

रावलसहित ३६ जनाविरुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अभियोग पत्र दायर गरेको थियो ।

भदौमा मुद्दा दर्ता भएपनि रावल भने कात्तिक ६ गते मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएकै दिन रावलको बयान लिइएको थियो । सोही दिन बयान सकिएर थुनछेक आदेश समेत जारी भएको थियो ।

जिल्ला न्यायाधीश गोपाल वास्तोलाको इजलाशले रावललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : २९ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने