तौल घटाउन बिहान–बिहानै पानी पिउन आवश्यक छ ? « Khabarhub

तौल घटाउन बिहान–बिहानै पानी पिउन आवश्यक छ ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्वस्थ स्वास्थ्यका लागि पर्याप्त मात्रामा पानी पिउनु अत्यन्तै आवश्यक हुन्छ । त्यसमा पनि यदि तपाईं आफ्नो शरीरको तौल घटाउने सोचमा हुनुहुन्छ भने पानी अझ बढी आवश्यक हुन्छ ।

बिहान उठेपछि सबैभन्दा पहिला पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा तपाईंले सुन्नुनै भएको होला ।

तौल घटाउनका लागि बिहान सबैभन्दा पहिला मनतातो पानी पिउनु राम्रो हुने बताइन्छ । तर बिहान पानी पिउनाले तौल घटाउने कार्यमा फाइदा छ वा छैन भन्नेबारे तपाईंलाई जानकारी छ ?

यसबारे केही जानकारी हामी प्रस्तुत गर्दछौँ ।

पानी पिउनाले क्यालोरी इन्टेक घट्ने बताइन्छ । किन भने यसले तपाईंको पेट भरिएको हुन्छ । यद्यपि, यो कुरा पूर्ण रुपमा भने सत्य होइन । युवाका लागि यो त्यति फाइदाजनक हुँदैन । तर पनि यसले तपाईंको शरीरलाई ओसिलो बनाइ राख्न सहयोग पुग्ने छ ।

हाम्रो शरीरमा अनावश्यक फोहोर तत्वलाई हटाउने काम किड्नी (मिर्गौला) ले गर्दछ । पानीले मिर्गौलालाई राम्रोसँग काम गर्न महत्वपूर्ण सहयोग पुग्दछ । तर यसको पानी पिउने समयसँग कुनै सम्बन्ध हुँदैन ।

बिहान पिसाबको रङ्ग गाडा पहेलो हुन्छ । यसबाट मानिसलाई शरीरमा पानीको कमी भयो कि भन्ने लाग्छ । जसका कारण बिहान पानी पिउन आवश्यक हुन्छ । तर पिसाबको रङ्ग पर्याप्त मात्रामा पानी पिउनाले संलिन्छ भन्ने होइन । यस्तो हुनुको कारण मानिस बढी ध्यानमग्न हुँदा बिहान पिसाब गाडा हुने गर्छ ।

महत्वपूर्ण कुरा

बिहान सबैभन्दा पहिले पानी पिउनाले शरीरको तौल घटाउन सहयोग पुग्छ भन्ने कुनै स्पष्ट आधार छैन ।

यद्यपि, तपाईंको बिहान पानी पिउने बानी छ भने त्यसमा कुनै बेफाइदा छैन । तपाईं बिहान पानी पिउनु हुन्न भने पनि केही फरक पर्दैन । तर शरीरलाई दिनभर चाहिने आवश्यक पानी पिउनु चाहिँ तपाईंका लागि जरुरी हुन्छ ।

दिनमा कम्तिमा दुई लिटर पानी पिउनु चाहिँ तपाईंका लागि आवश्यक हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : ३१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल