उपनिर्वाचनको तयारीका लागि कांग्रेसद्वारा समिति गठन « Khabarhub

उपनिर्वाचनको तयारीका लागि कांग्रेसद्वारा समिति गठन


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको तयारीका लागि ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ ।

कांग्रेसले पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आज सो समिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य छन् । समितिको सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेको पार्टी कार्यालयले जनाएको छ ।

समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने, उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने कार्यक्षेत्र तोकिएको छ ।

यसैगरी उपनिर्वाचनमा उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण र समन्वय गर्ने गराउने, पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीको पक्षमा प्रचार प्रसार गर्न र मतदान उत्प्रेरित गर्ने, मतगणनालगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने तथा पार्टीको उम्मेदवार र सदस्यहरुबाट निर्वाचन कानून र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने लगायतका कार्यक्षेत्र तोकिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ३३ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा