गगन थापाले लेखे– चिच्याएर भनौं डा.केसीको जीवन रक्षा गर ! « Khabarhub

गगन थापाले लेखे– चिच्याएर भनौं डा.केसीको जीवन रक्षा गर !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले १७ औं पटक अनसनमा बसेका डा. गोबिन्द केसीको जीवनरक्षा गर्न सरकारलाई खबरदारी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने र उनको जीवन रक्षा गर्नुपर्ने जनाएका छन् ।

उनले लेखेका छन्– डा.गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि ! यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो । सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीज्यू लाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ, डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर !

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै डडेल्धुरा अस्पतालले आजै विज्ञप्ति जारी गर्दै उनलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ । डा. केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नागरिक समाजले समेत दिनहु आन्दोलन गर्दै आएका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघले पनि डा. केसीको स्वास्थ्य अवस्था नाजूक भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै नेपाल सरकार र सरोकारवाला निकायले डा. केसीसँग यथाशीघ्र छलफल गरी जायज माग सम्बोधन गर्न आग्रह गरेको छ ।
डा. केसीका माग समयमै सम्बोधन नगरिए डा. केसीको जीवन रक्षाका लागि कडा कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं– माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास