जाडो मौसममा कस्तो खाना खाने ? | Khabarhub Khabarhub

जाडो मौसममा कस्तो खाना खाने ?


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भइसकेको छ । शरीरले न्यानो र तातो खानेकुरा खोज्न थालिसकेको छ । चिसो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ ।

चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगकाे संक्रमण शुरु हुन थाल्छ ।

चिसो मौसमका उपयुक्त खाना

चिासो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन ।  बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

हरियो सागपातको धेरै प्रयोग

चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।

बेलुकाको खाना छिटै खाने

जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।

सुत्नुअघि दुध

चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

व्यायाम

जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्तामा एकदिन व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ ।

भिटामिनको भरपुर प्रयोग

खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ५६ बजे

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले