अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जना मारिए « Khabarhub

अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जना मारिए


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् ।

घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो ।

प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए ।

मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ०६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल