अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जना मारिए « Khabarhub

अमेरिकाको न्यूजर्सीमा गोली हानाहान, ६ जना मारिए


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् ।

घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो ।

प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन नसक्ने तर्क गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए ।

मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ०६ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार