हेटौंडामा भएका बेग्लाबेग्लै दुर्घटनामा २ को मृत्यु | Khabarhub Khabarhub

हेटौंडामा भएका बेग्लाबेग्लै दुर्घटनामा २ को मृत्यु


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।

त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना४२प ७५०६ नंको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ९ : ५९ बजे

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो