च्याम्पियन्स लिग फुटबल– दुई मिनेटमा दुई गोल गर्दा लिभरपुर अन्तिम १६ मा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबल– दुई मिनेटमा दुई गोल गर्दा लिभरपुर अन्तिम १६ मा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘ई’ को विजेता बन्दै लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।

मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो ।

रेडबुल एरिना अष्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन नावी केइटा र मोहम्मद सलाहले गोल गरे । उनीहरुले दोस्रो हाफमा २ मिनेटको अन्तरमा २ गोल गरेका थिए ।

लिभरपुलले ५७औं मिनेटमा साडियो मानेको पासमा नावी केइटाको गोलबाट अग्रता बनाएको थियो । लगत्तै ५८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो ।

यही समूहको अर्को खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे । ड्रिएस मेर्टिन्सले एक गोल थपे ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ४० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र