सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म सञ्चालन नहुनु दुःखद्: नेता साह « Khabarhub

सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म सञ्चालन नहुनु दुःखद्: नेता साह


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय संचालन नभएकोमा दु:ख व्यक्त गरेका छन् ।

बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा बारा जिल्लाका नेताहरुको टोलीले भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालसंग भेट गरेका छन् । सो क्रम अध्यक्ष साहले सरकारी निर्णय भएको ४ वर्ष भइसक्दा पनि कार्यालय संचालन नहुनु दु:खद रहेको जीकिर गरे ।

उनले भने, “बाराको सिम्रौनगढ जस्तो ऐतिहासिक नगरीमा एकिकृत सेवा केन्द्र स्वीकृत भइ सञ्चालनका लागि घर भाडामा लिएको पनि दुई वर्षभन्दा बढी वितिसक्दा समेत नापी र मालपोत लगायतका सेवा प्रवाह अझसम्म सुचारू हुन नसक्नु दुःखद हो । यस्तो गम्भीर विषयमा पनि लापरबाही हुनाले सिम्रौनगढबासीलाई दुखी मात्र बनाएको छैन, स्थानीयलाई मालपोतसम्बन्धि कामका लागि समस्या भइरहेको छ । हामी आग्रह गर्दछौं कि उक्त कार्यालय छिटो संचालनका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ।”

जवाफमा मन्त्री अर्यालले कर्मचारी अभावका कारण कार्यालय संचालन हुन नसकेको भन्दै छिटै कार्यालय उद्घाटनका लागि आफै जाने आश्वासन दिइन । अध्यक्ष साहको नेतृत्वमा नेकपाका केन्द्रित सदस्यहरू बलबीर चौधरी र अच्युत मैनालीसहित नेताहरु बतहु यादव तथा उमेश कुश्वाहालगायत बारा ज़िल्लाका नेताहरुले मन्त्री अर्याललाई भेटेका थिए ।

२०७२ सालमा मन्त्रिपरिषदबाट सिम्रौनगढमा कार्यालय स्थापना गर्ने निर्णय भएको र २०७३ सालदेखि कार्यालय भाडामा लिइसकिएको भएपनि कर्मचारी नपठाइएकोले कार्यालय संचालन हुन नसकेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : ३० बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त