वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि… « Khabarhub

वडा अध्यक्ष महिला कर्मचारीसँग बन्द कोठामा भेटिएपछि…


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् ।

गाउँपालिकाको वडा नं.३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानुलाई स्थानीयले कुटपीट गरेका हुन् । बन्द कोठामा कर्मचारीसँग मस्ती गरिरहेको आरोपमा स्थानीयले उलाई निर्घात कुटपीट गरेका हुन् ।

वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयको कोठाको ढोका खोल्दा वडाध्यक्ष कानु आक्रोशित हुँदै स्थानीयलाई गालीगलौज गर्न थाले पछि विवाद भएको थियो ।

कोठा खोलेको निहुँमा वडाध्यक्ष स्थानीय माथि गाली गलौज गर्दै खनिए पछि विवादले उग्ररुप लिएको थियो । यसै विषयलाई लिएर कानुको आचरण ठिक नभएको आरोप लगाउँदै कार्यालयमा जम्मा भएका स्थानीयले कुटपीट गरेका हुन् ।

घटनास्थलमा पुगेको प्रहरीमाथि पनि स्थानीय जाइलागेका थिए । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चौकीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : २३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान