कानूनको भर्ना रोकियो, कोटा प्रणालीको विरोध गर्दै विद्यार्थीले लगाए ताला « Khabarhub

कानूनको भर्ना रोकियो, कोटा प्रणालीको विरोध गर्दै विद्यार्थीले लगाए ताला


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ ।

क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले कानून सङ्काय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो ।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताउनुभयो । क्याम्पसले यही मङ्सिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गरेको थियो ।

विद्यार्थी सङ्गठनले यही मङ्सिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए ।

“सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरु गरेको हौँ”, उनले भने, “तर विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।”

त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो । उनले पटक-पटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५/०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए ।

अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए ।

पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ । शैक्षिक सत्र २०७४/०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी सङ्गठनको दबाबका कारण करिब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ३० बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण