हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिइने « Khabarhub

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिइने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिकाले जङ्गली हात्तीको आक्रमणबाट आज मृत्यु भएका दुई जनाको परिवारलाई क्रिया खर्चबापत रु ५० हजारका दरले रकम उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाका परिवारलाई रु ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख चिनी गिरीले बताए । बैठकले हात्तीपीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि सङ्घ र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

महाकाली नगरपालिका–२ चाँदनीका मायापुरी सामुदायिक वनमा घाँसदाउरा गर्न गएका ५० वर्षीया भुलिदेवी बोहरा र ३८ वर्षीय वसन्ती भट्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

हात्तीले आक्रमण गर्दा सो ठाउँका ललिता बोहरा, सुनिता बिष्ट, उमा साउद र सरिता ओझा घाइते भएका थिए । घाइतेहरुको निकटवर्ती भारतीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ०० बजे

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको

इरानमा लगातार अमेरिकाको आक्रमण, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

एजेन्सी– अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने

लागत बढेपछि चपेटामा किसान

बरहथवा– बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त