ढोरपाटनमा शिकारको दोस्रो याम शुरु « Khabarhub

ढोरपाटनमा शिकारको दोस्रो याम शुरु


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्षमा यो वर्षको दोस्रो यामका लागि शिकारको समय शुरु भएको छ ।

यो वर्षको दोस्रो यामका लागि १० वटा नाउर र चार वटा झारल शिकार गरिने ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । ढोरपाटन साहसिक शिकार गर्ने थलोका रुपमा चिनिन्छ ।

यहाँ विभिन्न देशका शिकारीले आफ्नो सोख पूरा गर्न शिकारका लागि आउने गर्छन् । त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा प्रतिष्पर्धा गर्नुपर्छ र बोलपत्र हात पारेकाले मात्रै यहाँ आएर शिकार गर्नपाउने व्यवस्था रहेको छ । गत महिना खुलाएको प्रतिष्पर्धाको क्रममा सबैभन्दा धेरै बोलकबोल मूल्यबाट विभिन्न कम्पनीका शिकारीले अनुमति पाएका छन् ।

यो यामका लागि नाउरको प्रतिशिकार  १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ बुझाउने भएको विभागले जनाएको छ । शिकारी हेलिकप्टर लिएर काठमाडौँदेखि सिधै ढोरपाटन शिकार आरक्ष पुग्ने गरेका छन् । उनीहरुले ढोरपाटनमा झण्डै तीन सातासम्म बसेर शिकार गर्न पाउने व्यवस्था रहेको शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । दोस्रो यामका लागि हिमालयन आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ समारिजले बोलपत्र पारेका हुन् उनीहरुले दुई दुई नाउर र एकएक झारल शिकार गर्नेछन् ।

नेपाल वाइल्ड लाइफ एडभेञ्चरले एक नाउर र एक झारल तथा हिमालयन सफारिजले दुई नाउर र ग्लोबल सफारिज नेपालले एक नाउर शिकार गर्न पाउने विभागले जानकारी दिएको छ । यो यामका लागि छ वटा क्षेत्र तोकिएको विभागका शिकार व्यवस्थापन प्रमुख श्यामकुमार शाहले बताए । हरेक वर्ष कात्तिक महीनामा पहिलो याम र चैतमा दोस्रो यामका लागि विभागले बोलपत्रमार्फत शिकार खुलाउँछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।