ढोरपाटनमा शिकारको दोस्रो याम शुरु « Khabarhub

ढोरपाटनमा शिकारको दोस्रो याम शुरु


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्षमा यो वर्षको दोस्रो यामका लागि शिकारको समय शुरु भएको छ ।

यो वर्षको दोस्रो यामका लागि १० वटा नाउर र चार वटा झारल शिकार गरिने ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ । ढोरपाटन साहसिक शिकार गर्ने थलोका रुपमा चिनिन्छ ।

यहाँ विभिन्न देशका शिकारीले आफ्नो सोख पूरा गर्न शिकारका लागि आउने गर्छन् । त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले खुलाएको बोलपत्रमा प्रतिष्पर्धा गर्नुपर्छ र बोलपत्र हात पारेकाले मात्रै यहाँ आएर शिकार गर्नपाउने व्यवस्था रहेको छ । गत महिना खुलाएको प्रतिष्पर्धाको क्रममा सबैभन्दा धेरै बोलकबोल मूल्यबाट विभिन्न कम्पनीका शिकारीले अनुमति पाएका छन् ।

यो यामका लागि नाउरको प्रतिशिकार  १३ लाख ५१ हजार र झारलको १३ लाख ५० हजार रुपैयाँ बुझाउने भएको विभागले जनाएको छ । शिकारी हेलिकप्टर लिएर काठमाडौँदेखि सिधै ढोरपाटन शिकार आरक्ष पुग्ने गरेका छन् । उनीहरुले ढोरपाटनमा झण्डै तीन सातासम्म बसेर शिकार गर्न पाउने व्यवस्था रहेको शिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । दोस्रो यामका लागि हिमालयन आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स र नेपाल वाइल्ड लाइफ समारिजले बोलपत्र पारेका हुन् उनीहरुले दुई दुई नाउर र एकएक झारल शिकार गर्नेछन् ।

नेपाल वाइल्ड लाइफ एडभेञ्चरले एक नाउर र एक झारल तथा हिमालयन सफारिजले दुई नाउर र ग्लोबल सफारिज नेपालले एक नाउर शिकार गर्न पाउने विभागले जानकारी दिएको छ । यो यामका लागि छ वटा क्षेत्र तोकिएको विभागका शिकार व्यवस्थापन प्रमुख श्यामकुमार शाहले बताए । हरेक वर्ष कात्तिक महीनामा पहिलो याम र चैतमा दोस्रो यामका लागि विभागले बोलपत्रमार्फत शिकार खुलाउँछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य