एयरबस विमानको इन्जिन मर्मतको ठेक्का रद्द नगर्न निर्देशन « Khabarhub

एयरबस विमानको इन्जिन मर्मतको ठेक्का रद्द नगर्न निर्देशन


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरित हुने निष्कर्ष निकाल्दै निगमलाई पूरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । मूल्यका हिसावले समेत पूरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले सोही अनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिको यस अघि बसेको बैठकले सो टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाडामा लिने सम्बन्धि ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । सस्तोमा टेण्डर गरेको लुप्थान्सालाई समेत सो ठेक्का प्रक्रियामा सहभागी गराउन पनि निगमलाई समितिले निर्देश गरेको छ ।

निगमले प्रभावग्राही नभएको भन्दै सो ठेक्का प्रक्रियाबाटै लुप्थान्सालाई हटाएको थियो । तर समितिले छानविनको क्रममा सो कम्पनीको इन्जिन मर्मतको ठेक्का सार्वजनिक खरिद ऐन र निगमको आर्थिक विनियमावली अनुसार नै रहेको ठहर गरी सो ठेक्का प्रक्रिया नहटाउन निगमलाई सचेत गराएको हो ।

बैठकमा समितिका सदस्यहरुले निगमले अरबौंको घाटा मुलुकलाई हुने गरी सो विमानको इन्जिन ममर्तसम्बन्धि ठेक्का प्रक्रिया रद्द गरेको भन्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्य डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई डुबाएको र इन्जिन मर्मत सम्बन्धी सो टेन्डर प्रक्रिया पनि रद्द गराउने काम उनकै निर्देशनमा भएको भन्दै आक्रोश व्यक्त गरे ।

समितिका अर्का सदस्य प्रेम आलेले निगमले अरबौं घोटाला हुने गरी इन्जिन मर्मतका लागि नयाँ टेण्डर प्रक्रिया सुरु गर्न लागेको भन्दै आपत्ति जनाए । उनले नेपाल वायु सेवा निगमका काम कारबाही राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दैै त्यसमाथि समितिले कडा निगरानी राख्ने चेतावनी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : ५७ बजे

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात