पञ्चावविरुद्ध मुम्बइको रोमाञ्चक जीत « Khabarhub

पञ्चावविरुद्ध मुम्बइको रोमाञ्चक जीत


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा वेष्ट इन्डिजका खेलाडी किरोन पोलार्डको उत्कृष्ट ब्याटिङले मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जावविरुद्ध जीत हात पारेको छ ।

बुधबार राति भएको खेलमा मुम्बईले पञ्जावलाई ३ विकेटले पराजित गर्ने क्रममा पोल्र्डाले ८१ रनको योगदान गरे । टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १सय९७ रन बनाएपछि मुम्बईले १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

१ सय ९८ को लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । मुम्बईका लागि ३१ बल खेलेका पोलार्डले १० छक्का र ३ चौकाको मद्दतमा ८१ रन बनाएका थिए । त्यस्तै, मुम्बईका अन्य ब्याट्सम्यानहरुमा क्वीन्टन डि ककले २४ रन, सुर्यकुमार यादवले २१ रन बनाए । यस्तै, मुम्बईविरुद्ध पञ्जावका बलर मोहम्मद शामीले ३ विकेट लिए ।

यसअघि पहिलो व्याटिङ गरेको पञ्जावका लागि ओपनिङ ब्याट्सम्यान केएल राहुलले अविजित रहँदै शतक पुरा गरेका थिए । उनले ६४ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा सय रन पुरा गरेका थिए भने अर्का ओपनिङ ब्याट्सम्यान क्रिस गेलले ६३ रन बनाएका थिए । उनले ३७ बलमा ७ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यो सिजनको आईपीएलमा राहुलले आफ्नो पहिलो शतक बनाए पनि टिमको जीतका लागि भने प्रयाप्त हुन सके । पञ्जावविरुद्ध मुम्बईका हार्दिक पाण्ड्उाले २ तथा जप्रित बुम्राह र जासन बेहरेन्डोफले समान एक-एक विकेट लिए । जीतसँगै मुम्बईको ८ अंक भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ६ : ३९ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य