किसानहरुले भैँसी पाल्नै छाडे « Khabarhub

किसानहरुले भैँसी पाल्नै छाडे


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जुम्ला– जुम्लामा भैँसीपालन लोप हुँदै गएको छ । कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् ।

पछिल्लो समय उन्नत जातका गाई भित्रिँदै गएपछि स्थानीय किसानले भैँसी पाल्न छोडेका हुन् । पहिले एउटै घरमा ५ देखि ६ ओटासम्म भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले एउटा मात्रै भैँसी देखिने गरेको गुठिचौर गाउँपालिका–५ का हरिचन्द्र धितालले बताए ।

गाउँका स्थानीयले भैँसी पाल्न क्रमिकरुपमा छाड्न थालेपछि यहाँ दुग्धजन्य पदार्थमा पनि कमी आउन थालेको छ ।

गाउँबाट दूध आउन बन्द हुँदा बजारमा रहेका होटेल, चिया पसलले दूधका लागि जिल्ला बाहिरबाट प्याकिङ गरेको दूध मगाउन बाध्य भएका आचार्य डेरी उद्योगका प्रोपाइटर खडानन्द आचार्यले बताए ।

भैँसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गएको चन्दननाथ नगरपालिका–४ मालाभिडका भैँसीपालक किसान कृष्णप्रसाद देवकोटाले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ३ : २९ बजे

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै