बेरोजगार फाराम भर्नेको भीड « Khabarhub

बेरोजगार फाराम भर्नेको भीड


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् ।

सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी पहिलो चरणमा इच्छुक बेरोजगार व्यक्तिले रोजगारीका लागि फाराम भरिरहेका छन् । तातोपानीले हरेक वडा कार्यालयमा गई बेरोजगार फाराम भर्ने अभियना तीव्र पारिएको रोजगार संयोजक सरिता शर्माले जानकारी दिए ।

उनका अनुसार बेरोजगारी फारम भर्नेमा बढी साक्षर व्यक्ति आएका छन् । धेरै पढेलेखेका नभई केही मात्रै पढेकाहरुले बढी फारम भर्ने चासो गरेका उनले बताए । यसैगरी गाउँपालिकाले हरेक वडामा गएर छलफल तथा अन्तत्र्रिmया नै गरेर फाराम भर्न शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । सो कामका लागि चाँडै कार्यान्वयन गर्न रोजगार संयोजकलाई वडास्तरमै समेत खटाइएको उनको भनाइ छ ।

यसैगरी जिल्लाको गुठीचौर गाउँपालिकाले पनि बेरोजगार तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पु¥याएको छ । त्यहाँ ९० प्रतिशत कार्य सकिएको प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले जानकारी दिए। उनका अनुसार गुठीचौैरमा दुई हजारभन्दा बढीले बेरोजगार फाराम भरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ५ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन