रोहितको काँधमा यु-१९ टोली, उपकप्तान मल्ल भन्छन्– विश्वकप जित्ने सम्भावना छ | Khabarhub Khabarhub

रोहितको काँधमा यु-१९ टोली, उपकप्तान मल्ल भन्छन्– विश्वकप जित्ने सम्भावना छ



काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली युवा टोली यतिबेला मलेसियामा छ । यसअघि ७ पटक विश्वकप खेलेको नेपाली टोली ८ औं पटक विश्वकप खेल्ने लक्ष्यसहित छनोटमा सहभागी हुँदैछ ।

गत सिजनहरु भन्दा यतिबेला नेपाली युवा टोली छुट्टै शानका साथ मलेसिया पुगेको छ । यसअघि डिभिजन क्रिकेटबाट माथि उठ्न संघर्षरत हुन्थ्यो- राष्ट्रिय टोली । तर, यतिबेला त्यो अवस्था छैन । अहिले युवा टोली एकदिवसीय मान्यता प्राप्त देशको यु—१९ टोलीका रुपमा मैदान उत्रिँदैछ ।

अझै भनौं यु—१९ टोलीको कप्तानी सम्हालेका कप्तान रोहित कुमार पौडेल पनि नेपालको ऐतिहासिक सफलताका हिस्सेदार हुन् । मलेसियामा रहँदा युवा टोलीबाट छनोटमा उत्कृष्ट प्रदर्शन गर्नुसँगै दक्षिण अफ्रिकामा हुने यु—१९ विश्वकपका लागि बलियो टोली निर्माण गर्नु पनि पौडेलको जिम्मेवारी रहेको छ ।

एसियाका टेष्ट नखेल्ने ६ राष्ट्रले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । ६ राष्ट्रले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् र अंक तालिकाको शीर्ष स्थानमा रहने एक टोली २०२० जनवरीमा हुने यु—१९ विश्वकपमा छनोट हुनेछ ।

शुक्रबार नेपाली युवा टोलीले आफ्नो पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरसँग मलेसियाको ‘एसटिसी’ मैदानमा नेपाली टोलीले पहिलो खेल खेल्दै आफ्नो शुरुवात गर्नेछ ।

पहिलो पटक टोलीको कप्तानी सम्हालेका नेपाली ब्याट्सम्यान रोहित कुमार पौडेलको परीक्षाका रुपमा पनि यो प्रतियोगितालाई लिइएको छ । सिनियर राष्ट्रिय टोलीमा आफूलाई स्थापित गर्न सफल रोहितले यु—१९ टोलीलाई विश्वकपमा पुर्‍याउलान् भन्ने अपेक्षा नेपाली क्रिकेट समर्थकले गरेका छन् ।

खबरहबले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्लसँग युवा खेलाडीको प्रदर्शन कस्तो रहला ? नेपाली युवा टोली विश्वकपमा छनोट होला, रोहितको कप्तानी कस्तो रहला ? जस्ता प्रश्नको जवाफ खोजेका छ ।

राष्ट्रिय टोलीका ओपनिङ ब्याट्सम्यानसमेत रेहका मल्लले नेपाली युवा टोली अहिलेसम्मकै सबैभन्दा बलियो टिम बनेको दाबी गरेका छन् । उनले नेपाली टोलीमा रहेका खेलाडीहरु अनुभव र क्षमताका हिसाबले बलियो रहेको बताए ।

राष्ट्रिय क्रिकेट टोलीका उप—कप्तान मल्ल

“अहिले टोलीमा अनुभवी र क्षमता भएका खेलाडी छन् । समग्रमा सबै खेलाडी उत्तिकै राम्रो भएकाले अहिले नेपाली टोलीमा विश्वकप छनोट मात्रै हौइन विश्वकप नै जित्न सक्ने सम्भावना रहेको छ,” मल्ले भने,“अहिलेको टिममा शुरुदेखि अन्त्यसम्म राम्रो ब्याटिङ बलिङ गर्न सक्ने खेलाडी छन् ।”

उपकप्तान मल्लले भनेझैँ नेपाली टोलीलाई हेर्ने हो भनेपनि कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, पवन शरार्फ, भीम सार्की, आसिफ शेख जस्ता ब्याट्सम्यान रहेका छन् भने बलिङतर्फ घरेलु प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका राशिद खान, कमलसिंह ऐरी, सागर ढकाल लगायत छन् ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा उमेरसमूहको नेतृत्व गरिरहेका पौडेलसामू भने आफूलाई उत्कृष्ट खेलाडीसँगै कप्तानका रुपमा प्रमाणित गर्ने चुनौती रहेको छ । कप्तान पौडेलबारे मल्लले भने,“रोहित व्यक्तिगत रुपमा राम्रा खेलाडी हुन् । उनी राष्ट्रिय टोलीमा पछिल्लो २ वर्षदेखि लगातार छन् । राम्रो खेलिरहेका छन् । तर, उनले यसअघि पहिले कतै कुनै टिमको कप्तानी गरेको थाहा छैन । यद्यपि अनुभवी खेलाडी भएकाले पहिलो पटकको कप्तानी पनि राम्रो हुने अपेक्षा गरेको छु ।”

एसिया छनोटमा नेपालको समूहमा रहेका टिमहरु भन्दा नेपाल बलियो रहेको मल्लको दाबी छ । छनोटमा नेपालसहित सिंगापुर, मलेसिया, कुवेत, यूएई र ओमन छन् ।

“उमेर समूहमा अरु भन्दा नेपाली टोली बलियो पक्कै छ । तर, पनि विपक्षी खेलाडीलाई कमजोर नआँकेर खेल्दा नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ । हरेक टिममा १—२ जना आउटस्ट्यान्डिङ् पावर भएका खेलाडी पनि हुन्छन्,” मल्लले अगाडि थपे,“यस्तोमा कहिलेकाहीँ उनीहरुले नै हामीलाई कमजोर पार्न सक्छन् । त्यसमा ध्यान दिनुपर्छ नभए नेपाली टोली अन्य टिमभन्दा पेपरमा राम्रो छ । त्यही अनुसारको प्रदर्शन गरे विश्वकप पनि जीत्ने सम्भावना छ ।”

सन् १९९८ बाट शुरु भएको यू—१९ विश्वकपमा नेपालले २००० मा पहिलो पटक खेलेको थियो भने त्यसपछि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप  खेलेको नेपालले २०१४ र २०१६ मा पनि प्रतिस्पर्धा गरेको थियो । तर, सन् २०१०, २०१२ र २०१८ मा भने नेपाल छनोट हुन सकेन ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सूर्य तामाङ

वैकल्पिक खेलाडी : आकाश चन्द, लोकेशबहादुर बम, रवि कुमार शाह र शेर मल्ल
प्रशिक्षक : विनोद दास
टिम म्यानेजर : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने

खेल तालिका 

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ०० बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा